काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पूनः स्थगन् भएको छ । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आवश्यक परामर्श र छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित् भएको प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।