Logo

भारतीय विदेशमन्त्री जयशंकरले बुद्धलाई ‘भारतीय नागरिक’ भनेपछि…



काठमाडौं, २५ साउन । भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धलाई ‘भारतीय नागरिक’ भनेका छन् । हिजो एउटा भर्चुअल सम्मेलनमा उनले बुद्ध र महात्मा गान्धीलाई ‘महान भारतीय’ भनेका हुन् ।

जयशंकरले क्न्फडरेसन अफ इन्डियन इन्डट्रिजद्वारा आयोजित इन्डिया एट ७५ भर्चुअल सम्मेलनमा भने, ‘हामी सबैले आज सम्मकै महान भारतीय भनेर दुईजनालाई चिन्ने हो, पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी ।’ यी दुईलाई पूरै विश्वले महान् भारतीयका रुपमा चिन्ने उनको भनाई थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न सम्बोधनका क्रममा बुद्धलाई भारतीय भन्ने गरेका छन् । पछिल्लो समय भारतका विदेशमन्त्रीले बुद्धलाई भारतीय भनेका हुन् ।

यसैगरी जयशंकरले बुद्धलाई भारतीय भनेपछि नेपालमा उनको आलोचना भएको छ । सामाजिक सञ्जालमा जयशंकरको अभिव्यक्तिको कडा आलोचना हुन थालेको छ ।

बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको पुरातात्विक तथ्यहरुले प्रमाणित गरिसकेको छ । सँसारभर नेपाललाई बुद्धको जन्मभुमिका रुपमा चिनिन्छ ।



प्रतिक्रिया दिनुहोस्