काठमाडौं, साउन २८ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित महिला मृत्यु भएको छ ।
साउन १८ गते अस्पताल भर्ना भएकी जनकपुरकी २८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।