Logo

बार डान्सरको व्यथा



ज्ञान खत्री 

तिमी आउछौ प्राय:धेरै साँझहरुमा
सोच्छौ म फगत तिम्रै लागि मात्र
सजिएकि हुन्छु
तिम्रो प्रवेश कहिले
भयानक पाउछु
कहिले मात्तिएर
कहिले पात्तिएर
कहिले मेरै नाम आब्हान गर्दै
नृत्य प्रस्तुतिको लागि
एक सुरुमा या बेसुरमा
चिच्याउदै
नसामा तिमी मलाइ
स्वर्गकी अप्सरा ठान्दै
मेरा हाउ भाउ र कटाक्षहरुले
तिमिमा मादकता चढेको देख्दा
म छ्क्क पर्छु
आफ्नो त बाच्ने बाटाे येहि हो
सबैलाई जुरुक्क उचाल्दै पछार्दै
नचाहेर पनि
तिमी र अन्जान सामु
मैले हद भन्दा बाहिर
मादक्ता पस्कनु परेको छ
नत्र मेरो चुलो
चिसै रहने छ
बाध्यता हो मेरो,अर्धनग्न हुनु परेको छ
बनावटी नखरा पस्कनु परेको छ
मेरो बान्कि परेको शरीरलाई
सुम्सुम्याउन य हेर्ने लाल्साले
आउने भिडमा
तिमी पनि देक्छु म

एकाग्रमा त रमाइलो पनि लाग्छ
तिमिले मातियेर फालेका
रकमका लाप्साहरुले
मेरो बाबाको
खोकी सन्चो बनाउनु परेको छ
मेरो आमाको फाटेको फरिया
फेर्नु परेको छ
दुई बर्से मेरो कालुलाइ
दुधका पौच हरु
किन्नु परेको छ
स्कुल बाट आयेको भाइको
मोटाे बिल
मैलेनै भर्नु परेको छ
घरभेटिको भेटि
मैलेनै चढाउनु पर्छ
खोकेर मर्नै लाग्दा पनि
मेरो जड्याहा बाबुले
छेवैको भट्टीवाल्नीकोमा पियेको
प्यालाको बिल
मैलेनै भर्नु परेको छ

सम्साझैमा
बारमा पुग्ने बित्तिकै
साहुको बाहुपासमा नपरे
मेरो जागिर सधै
धराप मा नै पर्छ

हेर कस्तो छ बाध्यता
तिमी त सम्झन्छौ
फगत मस्तिमा छे
छाडा छे ! कामुक छे
कोहि बेला त
बेश्य पनि ठान्छौ होला
जे ठाने ठान
मेरो बाध्यता येहि हो
तिमी कदापि सोच्दैनौ
अत:
त्यता तिर दिमाग लादैनौ
मनमा बिचार गर्छु
कुनै दिन तिमिलाइ भेट्न
मन गर्छ
तर तिमी सम्पर्कमा रहदैनौ
मलाई तिमी जसरी बुझछौ बुझ
मेरो दिन्चर्या यहि हो
बास्तबिकता यहि हो
अरु बाध्यता धेरै छन
पछि भनुला
आजलाइ येति भने ल!!!…



प्रतिक्रिया दिनुहोस्