Logo

कुलमानले विद्युत चुहावट रोकेको भन्दै मुकेश काफ्लेद्वारा प्रशंशा



काठमाडौं, ११ भाद्र । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङप्रति असन्तुष्ट छन् । आफूले विगतमा खडा गरेको आधारले विद्युतका क्षेत्रमा भएको सकारात्मक नतिजाको जस कुलमानले लिएको उनको आरोप छ । तर, उनले केही काममा भने कुलमानको प्रशंशा गरे ।

‘उहाँले विद्युत चुहावट घटाउनुभएको हो,’ मुकेश काफ्लेले ऋषि धमलासँग जनता जान्न चाहन्छन्मा भने । कुलमानको कार्यकालमा विद्युत चुहावटमा राम्रो सफलता भएको उनको भनाई थियो । तर, अरुलाई नराम्रो देखाएर आफू राम्रो देखिन खोजेको आरोप लगाए ।

कुलमानको कार्यकालमा कुनैपनि जलविद्युत आयोजना शुरु भई उपत्पादन शुरु नभएको तथ्यांक प्रस्तुत गरे । ट्रान्समिसन लाइनको काम नभएकोले देशमा दैनिक करोडौंको विद्युत खेर गइरहेको बताए । उनले भने, ‘खै ट्रान्समिसन लाइनको काम भएको ?’



प्रतिक्रिया दिनुहोस्