Logo

तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने



काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । उनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकको क्रममा मन्त्रीहरुलाई तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने भन्दै ढुक्क भएर काम गर्न निर्देशन दिएका थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले ‘मन्त्रिमण्डल पूनर्गठन’ बारे हल्ला आफूहरुविरुद्धको प्रचार भएको पनि टिप्पणी गरेका छन् ।यद्धपी सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै छिट्टै मन्त्रिमण्डल पूनर्गठन हुने कुरा बताउँदै आएका थिए ।

स्वयम प्रधानमन्त्री ओलीले पनि आफूले मन्त्रिमण्डल पूनर्गठनबारे सोचेको कुरा पत्रकार ऋषि धमलासँगको प्राइम टिभीको अन्तर्वार्तामा बोलेका थिए । Photo Source: Surya Thapa/Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot