Logo

सरकारी प्रतिनिधि र गोविन्द केसीका प्रतिनिधिबीच सहमति भएन, भोलिबाट आन्दोलन चर्काउने डा. क्षेत्रीको घोषणा



काठमाडौं, २३ असोज । सरकारी प्रतिनिधि र अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच आज भएको वार्ता सहमति नभई सम्पन्न भएको छ । गोविन्द केसीका तर्फबाट वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले सरकारी पक्षबाट सत्याग्रहीसँग छलछाम मात्रै गरेर नतिजामूखी वार्ता नगरेको स्पष्ट पारे । सरकारी पक्षले छलछामपूर्वक अनिश्चितकालसम्म वार्ता लम्ब्याएर सत्याग्रहरत डा. केसीको ज्यान गम्भी जोखिममा परोस भन्न चाहेको पनि क्षेत्रीले आफूहरुको निश्कर्ष सुनाए ।

वार्तामा सहमति नभएपछि डा. क्षेत्रीको नाममा जारी विज्ञप्तीमा भनिएको छ, सरकारको यस्तो अमानवीय रवैयाकोे विरुद्ध तथा डा. केसीको जीवन रक्षाका लागि थप सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउन नेपाल चिकित्सक संघ, एनआरडिए, एमएमएसएस, आरडिएन, जेआरडब्लुएस लगायतका संस्थाहरु तथा आम नागरिकलाई आव्हान गर्दछौं । यसबाट उत्पन्न हुन जाने असहज परिस्थितिका लागि नेपाल सरकार जिम्मेवार हुने जानकारी गराउन चाहन्छौं ।

PHOTO BY: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्