Logo

रक्षा मन्त्रालयको जिम्मेवारी खोसिएपछि ईश्वर पोखरेल प्रधानमन्त्री भेट्न बालुवाटारमा



काठमाडौं, २८ असोज । रक्षा मन्त्रालयको जिम्मेवारी खोसिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले आजमात्रै मन्त्रिपरिषद हेरेफेर गरेका छन् । ओलीले रक्षा मन्त्रालय आँफैसँग राखेका छन् । यसअघि उक्त जिम्मेवारीमा पोखरेल थिए । पोखरेललाई उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकै जिम्मेवारी उल्लेख गरिएको छ ।

पार्वत गुरुङलाई सञ्चारमन्त्रालयको जिम्मेवारी

मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री ओलीले विष्णु प्रसाद पौडेललाई अर्थ मन्त्रालय, लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि महिला बालबालिका मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिईएको छ । अरु, मन्त्रीहरु यथावत राखिएको छ ।

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद हेरफेर : विष्णु पौडेल अर्थमन्त्री (कसलाई के जिम्मेवारी )

मन्त्रिपरिषद हेरेफेर गरेसँगै ईश्वर पोखरेल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । स्रोतकाअनुसार रक्षा मन्त्रालयको नेतृत्व खोसिएकोमा पोखरेल रुष्ट छन् । तर, नेकपानिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पोखरेलकै सहमतिमा मन्त्रिपरिषद हेरेफेर गरेको बुझिएको छ । पोखरेललाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेपनि प्रधानमन्त्रीको तयारी छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot