रोबोटको कामलाई लिएर समय–समयमा खबरहरु आइरहन्छन् । यस पटक एक रोबोट पत्रकार शियाओ नान चर्चामा छन् । यस रोबोटले एक सेकेन्डमा तीन सय शब्द लेखेको छ । यो लेख वसन्त उत्सवको क्रममा धेरै भीडको स्वरुपमा आधारित छ । यो चीनको एक अखबारले प्रकाशित गरेको छ ।
रोबोटको अध्ययन एंव विकास गर्ने टिम नेतृत्वकर्ता पेकिंग युनिवर्सिटीका प्रोफेसर वान शियाओजुनले रोबोट शियाओ नानले एक सेकेन्डमा खबर लेखिदिएको बताएका छन् । उनले रोबोटले अब साना ठूला दुवै किसिमका समाचार लेख्न सक्ने दाबी गरेका छन् ।
रोबोटको तुलनामा यदि एक सहयोगी संवाददातासँग राखेमा शियाओ नानको विश्लेषण क्षमता उनको भन्दा धेरै राम्रो हुनछ । रोबोटले धेरै छिटो समाचार लेख्न सक्छ, तर यसको अर्थ यो होइन की भविष्यमा रोबोट संवाददाताको स्थान लिनेछ ।
रोबोटको कारण चीनका सरकारी मीडिया संगठनका कर्मचारीहरुमा छटपटीको माहौल भएको छ । किनकि भविष्यमा रोबोटको कारण वर्षौ देखि आफुले गर्दै आएको र जीविका चलाउँदै आएको पेशा नै संकटमा पर्ने हो कि भन्ने डर मानिरहेका छन् । एजेन्सी