Logo

दाजुको सानो बहिनीसँग माया बसेपछि पिताले यसो गरे



मिस्रमा एक १२ वर्षका केटाको विवाह १२ वर्षकी बहिनीसँग बाबुले नै टिकाटालो गरिदिएका छन् । आपत्ति जनाउनुको सट्टा घर परिवारले नै दाजु बहिनीको विवाहको घोषणा गरिदिएका हुन् ।  पुरै घर परिवार नै विवाहको तयारीमा जुटेको छ ।

डेलमेलको एक रिपोर्ट अनुसार मिस्रमा एक १२ वर्षका केटाको आफ्नै नाताकी सानो बहिनीसँग माया बसेको हो । छोरा छोरीलाई सम्झाउनुको सट्टा बाबु आमा नै विवाहको तयारीमा लागेका छन् ।

उनीहरु नातेदार हुन्, उनीहरुबीच विवाह गर्न मिल्दैनथ्यो । तैपनि परिवार बच्चाको इच्छा पुरा गर्न तयारीमा लागेको छ । केही समाजिक सञ्जालहरुले यो विवाहको विरोध गरीरहेका छन् । विरोध गर्नेहरुमाथि केटाका पिताले कुनै गल्ती नभएको बताएका छन् । कानुन अनुसार १८ वर्ष भन्दा अगाडी विवाह गर्नु गैह्रकानुनी हो । केटाका बाबुले उनीहरु ठुलो भएपछि विवाह गरिदिने भन्दै टिकाटालो गरेको बताएका छन् । उनले आफु नयाँ विचार धाराको मानिस हुँ भन्दै यस कार्यमा कुनै गलत कार्य नभएको बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्