काठमाडौं, १५ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच आज १२ दिनपछि भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले पछिल्लो समय लगातार दाहाललाई भेट्न बालुवाटार बोलाएका थिए । तर, दाहालले आफू आउन नसक्ने जवाफ दिँदै आएका थिए । आज भने दाहाल बालुवाटार पुगेका छन् । नेकपानिकट स्रोतले दिएको जानकारी अध्यक्षद्धय ओली–दाहालबीच निर्णायक वार्ता सुरु भएको छ ।