Logo

सम्बन्ध बिच्छेद गर्दा पतिको भागमा भर्याङ र पत्नीलाई दोस्रो तला परेपछि हैरान



रुसको अदालतले सम्बन्ध बिच्छेदको विषयमा एक अनौठौ फैसला सुनाएको छ । अदालतले रुसको एक रईस दम्पत्तिको त्रीचको विवाद आलीशन बंगलाको कारण भएको थियो । उनीहरुको दुई मिलियन पाउन्डको आलीशन बंगलाको बीच उत्पन्न विवादलाई समाधान गर्न अदालतले यस्तो आश्चर्यको फैसला गरेको छ । अदालतको फैसलापछि पनि दुवैजनाको समस्या भने समाधान भएको छैन् ।

वास्तवमा अदालतले बंगला पति र पत्नीकोबीच बरारर भागमा बाड्ने फैसला दिएको थियो । बंगला आधा गर्ने अदालतको आदेशपछि बिल्डरले बंगलाको बीचभागमा एक ठुलो ढोका राखिदिएका छन् । ढोका बनाएपछि ४५ वर्षीय पत्नी मार्गरीटा स्वित्नेन दोस्रो तलामा रहेको आफ्नो बेडरुममा जान पाएकी छैनन् । किनकी उनको बेडरुममा जाने भर्याङ उनको पतिको भागमा परेको छ ।

यी दम्पत्तिको आलीशन बंगला मास्कोको रुब्लयोब्का सुबर्बमा रहेको छ । यस विवादपछि अदालतले मार्गरीटालाई भनेको छ, आफ्नो बेडरुममा जानलाई आफै भर्याङ बनाउनु ।
मार्गरिटाले आफुसँग भर्याङ बनाउन पर्याप्त पैसा नभएको बताइरहेकी छिन् । १२ वर्षका सानो छोरा र एक छोरीकी आमा मार्गरीटाले बिल्डरमाथि अदालतले दिएको आदेशको पालना नगरेको पनि आरोप लगाएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्