Logo

विश्वकै होचा जोडी ८ वर्षको प्रेमपछि विवाह बन्धनमा



विश्वकै सबैभन्दा होचा शरीर भएका एक जोडी लन्डनमा ८ वर्षसम्म प्रेममा परेर विवाह गरेका छन् । ब्राजीलका ३० वर्षका पाउलो गेब्रियल डे सिल्वा बारोसले लन्डनकी २७ वर्षकी काटयुसिया होशिनोको सँग विवाह गरेका हुन् ।

यसको साथै उनीहरुले यो दुनियाकै सबैभन्दा होचो दुलाहा र दुलहीको रेकर्ड पनि राखेका छन् । पाउलोको लम्बाई ३५.५४ इन्च छ, जबकि काटयुसियाको लम्बाइृ ३५.८ड इन्च छ । यी दुईको कुल लम्बाई ७१.४२ इन्च छ ।

वैवाहिक कार्यक्रमकै क्रममा उनीहरुको नाम गिनिज बुक अफ वर्ल्डमा रेकर्ड भएको थियो । दुवैजनाले धेरै ठुलो गर्व गर्दै भनेका छन, ‘हाम्रो यस वैवाहिक रेकर्डले शारीरिक सुन्दरता भन्दा पनि सच्चा प्रेमको एक कहानी हुनेछ, हामीमाथि दुनियाकै सबै मानिसहरुले एक अद्भुत जोडीेको रुपमा गर्व गर्नेछन् ।’

यी जोडीको भेट १० वर्षअघि सामाजिक सञ्जालमा भएको थियो । दुईजनाबीच च्याटिङबाट कुराकानीको सुरुवात भएको थियो । पाउलोले होशिनोलाई देख्दा बित्तिकै माया गर्न थालेका थिए, तर यो आकर्षक एक तर्फी मात्र थियो । होशिनोले भने आफुलाई सुरुमा नै गज्जब लागेको जानकारी दिएकी छिन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्