दक्षिणी क्वीसल्यान्डमा बस्ने २३ वर्षकी आयला क्रेसवेललाई यस्तो अधिकार प्राप्त भएको छ, उनलाई प्रेमीको निधन भएपछि पनि प्रेमीको परिवारको हिस्सा बन्ने बाटो खुलेको छ । आयल क्रेसवाललाई आफ्नो मृत प्रेमीको वीर्य उपयोग गर्ने अधिकार मिलेको छ ।
उनी यो अधिकार प्राप्तपछि उनले आफ्नो परिवार फेरी सुरु गर्न सक्ने भएकी छिन् । प्रेमी डेविसको निधन पछि आयला क्रेसवेलले अदालतमा वीर्यको उपयोग गर्न पाउने माग गर्दै मुद्दा दिएकी थिइन् । उनले मुद्दा दिएपछि सर्वोच्च अदालतका जस्टिन मार्टिन बन्सले प्रेमीको बच्चालाई जन्म दिएर उसको सपना पुरा गर्न अधिकार दिएका हुन् ।
क्रेसवेलले दिएको आवेदनमा डेविसको अभिभावकहरु जान र इयोनाले पुरै सर्मथन गरेका थिए । डेविसको निधन पहिले यी जोडी दुइृ वर्षसम्म अफेयरमा थिए । क्रेसवेलको अनुसार उनी उनका प्रेमी डेविस विवाह गर्ने योजनामा थिए उनीहरुले ३ बच्चा जन्माउन चाहान्थे । उनले उनको प्रेमी डेविडले पनि यहि कुरा चाहेको विश्वास गरेकी छिन् ।-एजेन्सी