Logo

५४ वर्षकी आमा छोरासँग हिड्दा प्रेमीका भनेपछि…



यार्कशायरमा बस्ने ५४ वर्षकी पामेला आफ्नो उमेर भन्दा आधा उमेर कम देखिन्छिन् । यसैकारण २२ वर्षको छोरासँग घुम्न जाँदा सबैले जोडी भन्ने र सोच्ने गर्छन् ।

पामेलाको ग्लोइंग छाला र फिगरको राज नारिवल तेल भएको उनले बताउदै आएकी छिन् । पामेला विहान ६ बजे उठ्छीन र कालो कफिमा नरिवलको तेल एक चम्चा मिक्स गरेर पिउने गर्छिन् । उनले टप रेन्ज प्रोडक्टको क्रिमले फेस वास र माइश्चराइजिंग गर्ने गर्छिन् ।

त्यसपछि उनले अर्गानिक अन्डा र ग्लुटेन फ्री टोस्टको  बिहानको स्वस्थ्य खाजा खान्छिन् । रातमा सुत्नु भन्दा पहिला पनि पामेलाले ब्रस गर्ने, नुहाउने र नरिवल तेलले मालिश गर्छिन् । उनले मानिसहरुले २० वर्षको देखिने भन्ने गरेको बताएकी छिन् ।

पामेलाले छोरासँग बाहिर निस्कदा जोडी भनेर सोध्ने गरेको अनुभव सेयर गरेकी छिन् । आफुले छोरा भनेर परिचय दिएपछि धेरै मानिसहरु लज्जित भएको पनि जानकारी दिएकी छिन् । उनले आफु सधै सदावहार देखिनुमा नरिवल तेल नै मुख्य भएको बताएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्