रुघा लागेर पटक–पटक हाछ्यु गर्दा त सबैजना दुःखी हुन्छन भने एक दिनमा नै १२ हजार पटक हाछ्यु गर्दा घर परिवारको हालत कस्तो होला । यो सुन्दा आश्चर्य लागेपनि यो वास्तविक घटना लन्डनको हो, जहाँ एक युवतीले रुघा लागेर होइन् नत उनको स्वास्थ्य अवस्था खराब नै छ तैपनि उनले दिनमा १२ हजार पटक हाछ्यु गर्दै आएकी छिन् ।
कैटलीन थानलीकी यी बिरामी पछिल्लो केहि महिना देखि भएकी हुन् । उनले एक मिनेटमा २० पटक हाछ्यु गर्छिन् । कैटलीनले लगातार हाछ्यु गर्दा उनको हालत नै खराब हुन थाल्छ । उनलाई हरेक मिनेट हाछ्यु गर्दा सुत्न पनि गाह्रो हुन्छ । राती निन्द्रामा मात्र उनको हाछ्यु गर्ने क्रम रोकिएको हुन्छ तैपनि उनलाई निन्द्रा भने सजिलै लाग्दैन । कैटलीनलाई कफ सिरप र बील्टस म्युजिक सुनेपछि मात्र विस्तारै–विस्तारै निन्द्रा आउन थाल्छ ।
कैटलीनले हाछ्यु गरेको बारेमा डाक्टरहरुले पनि केही थाहा पाउन सकेका छैनन् । उनलाई हाछ्युको समस्या एकपटक नभएर विस्तारै बढ्दै आएको थियो । पहिला उनले हाछ्यु सामान्य एलर्जी सम्झेपनि पछि विस्तारै यसले समस्या बढाउन लागेको थियो ।
हाल यो समस्या पेट दुखाईको कारण बनेको छ । यस बिरामीको कारण कैटलीन राम्रोसँग खान र पिउन पनि पाएकी छैनन् । उनी विस्तारै कमजोरी हुदैँ गएकी छिन् । डाक्टरहरुले पनि केही गर्न नसकेपछि परिवारका सदस्यले सामाजिक सञ्जालमा पनि मद्दत मागेका छन् ।-एजेन्सी