Logo

टोपबहादुर रायमाझी पुगे खुमलटार, प्रचण्डलाई साथ दिने विश्वास



काठमाडौं, २० कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अध्यक्ष पुष्पकमल दाहाल भेट्न खुमलटार पुगेका छन् । दाहालनिकट स्रोतले जनाएअनुसार रायमाझी भर्खरै दाहालनिवास छिरेका हुन् । पछिल्लो समय दाहालसँग टाढा भएर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा गएको हल्ला चलेको थियो ।

रायमाझीले भने आफू कुनैपनि अध्यक्षको गुटमा नभएको बताउँदै आएका छन् । उनले आफू पार्टी एकता र विधिको पक्षमा रहेको दाबी गरेका छन् । रायमाझीले पछिल्लो समय आफ्नो साथ प्रचण्डलाई हुने विश्वास दिलाएका छन् ।  पछिल्लो समय अध्यक्षद्धय ओली र दाहालबीच वारपारको अवस्था आएको छ । आजमात्रै पनि ओलीसँग दाहालले एक्लाएक्लै भेटवार्ता गरेका थिए । तर, उनीहरुबीच सहमति भएन । दुवै नेता आ–आफ्नो अडानमा छन् । ओली भेट्न बालुवाटार पुग्नुअघि दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुनिकट नेता तथा कानूनी व्यवसायीहरुसँग छलफल गरेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्