Logo

१४५ वर्षका यी बृद्ध २४ वर्ष देखि आफ्नो मृत्यु पर्खदै



भनिन्छ मानिसको जन्म र मृत्यु माथिबाटै तोकिएर आएको हुन्छ । जसलाई हामीले चाहेर पनि बदल्न सक्दैनौ । यद्यपि मानिसहरु आफ्नो जिन्दगी लामो होस् भन्ने चाहान्छन, तर मानिसको जिन्दगी धेरै लामो हुँदा पनि दिक्क लाग्ने रैछ । एक दिन यस्तो पनि हुने रैछ कसैले मृत्युको भिख माग्ने दिन पनि आउने रैछ । इन्डोनेशियामा बस्ने एम्बाह गोथोको यो वास्तविक कथा हो ।

एम्बाह गोथोको जन्म सन् १८७० मा भएको थियो । २४ वर्ष पहिला उनको उमेर १२२ वर्षको थियो । तब उनले आफ्नो लागि एक चिहान तयार गरेका थिए । तर, उनलाई त्यो चिहानसम्म जाने मौका आजसम्म मिलेको छैन् । धेरै उमेर पार गर्दै जाँदा उनको शरीरले पनि काम गर्न छाडेको छ । उनले आफ्ना दैनिक काम पनि गर्न पाएका छैनन् । यसरी उनी मृत्युको पर्खाइमा छन् ।

१४४ वर्षका गोथोलाई मृत्युले आफुलाई बिर्सेको जस्तो लागेको छ, जसरी मानिसहरुले घर जाने बाटो भुल्छन् । गोथो लामो जिन्दगीबाट दुखी भएर दिक्क मान्दै आफ्नो मृत्युको दिन पर्खिरहेका छन् । उनले आफुलाई १४५ वर्ष सम्म धेरै बाच्ने मानिसहरु मध्ये एक मानिरहेका छन् ।

यो भन्दा पहिला फ्रान्सका जेनी कालमेन्ट १२२ वर्ष पार गरेर विश्वकै बृद्ध व्यक्तिमा रेकर्ड राखेका थिए, तर गोथोले १४५ वर्ष पार गरेर उनको रेकर्ड तोडेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्