Logo

ओलीप्रति संकेत गर्दै माधव नेपालले भने : “कुनै एउटा व्यक्तिले चाहेर पार्टी फुट्दैन (भिडिओसहित)



काठमाडौं, २१ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कसैले पनि नेकपालाई फुटाउन नसक्ने ठोकुवा गरेका छन् । सचिवालयको अनौपचारिक बैठक सकिएलगत्तै प्राइम टिभीको लागि जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले भने, “नेकपालाई कसैले पनि फुटाउन सक्दैन् । नेकपा कमजोर जगमा बनेको पार्टी होईन् । यो कमजोर जगमा सुरु भएको पार्टी पनि होईन्, यो बहुत बलियो जगमा अनेकौं उतारचढावबाट गुज्रँदै अगाढि बढेको पार्टी हो । कुनै एउटा व्यक्तिले चाहेर, थोरै व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैन् । सबैले अत्यन्तै ठूलो, त्याग, तपस्या र बलिदान गरेर पार्टी निर्माण भएको छ । पार्टी फोड्ने सोच्ने कुरा भनेको अपराध हो ।”



प्रतिक्रिया दिनुहोस्