Logo

धेरै बच्चा जन्माउनेलाई सरकारी जागिर दिने यो देश



दक्षिण कोरियाको सरकारले नागरिकलाई धेरै बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । प्रोत्साहनको लागि दक्षिण कोरिया सरकारले केही उपाय जारी गरेको छ, जसमध्ये एक उपाय हो, धेरै बच्चा जन्माउनेलाई सरकारी जागिर दिने ।

एक त विश्वभर नै पछिल्लो पुस्तामा धेरै बच्चा जन्माएकै कारण जनसख्यामा बृद्धि भएकोले समस्या झेल्न परेको छ । तर यस्ता पनि स्थान छन्, जहाँ बच्चा जन्माउनकै लागि केहि नियम बनाइएका छन् । जसको कारण जनसख्या बड्दै गएको छ । यसरी पहिला बढाउन तिर नियम लगाउछन् र पछि घटाउनतिर लाग्छन् ।

नियम कानुन परिर्वतन गरीरहने देश मध्ये एक दक्षिण कोरिया पनि हो । त्यहाँ सरकारले नै जनसख्या बृद्धि गर्ने उपाय सार्वजनिक गरेको छ । कोरियाको सरकारले प्रजनन समस्या सम्बन्धि जुनसुकै समस्यालाई पनि आर्थिक सहायता गर्ने पनि बताएको छ ।

यो सहायता कोरियन सरकारले सबै वर्गका मानिसहरुलाई गर्ने भएको छ । यस योजना मार्फत प्रत्येक व्यक्तिहरुलाई सरकारले ६० हजार रुपैयाँ दिनेछ । समाचार अनुसार १९६०को दशकपछि दक्षिण कोरियामा नयाँ बच्चा जन्मदरमा गिरावट आएकोले सरकारले आवश्यक जनसख्याको परिपुर्तिको लागि करोडौ खर्च गर्न लागेको हो । तर, हालसम्म कुनै फाइदा देखिएको छैन् ।

यसको साथै प्रजनन सम्बन्धि उपचार गरिरहेका मानिसहरुलाई तीन दिनको बिदा पनि दिने भएको छ । तीन वा त्यो भन्दा धेरै बच्चा भएको घरमा सार्वजनिक शिशु हेरचाहको लागि सुविधाहरु पनि सरकारले नै दिने भएको छ । बच्चा जन्मिदा पितालाई दिइने सुत्केरी हेरचाह बिदा पनि बढाउने पनि घोषणा गरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्