Logo

प्रेमीको हातमा ५३ वर्षपछि प्रेमपत्र पुगेपछि…



प्रेमीलाई प्रेमिकाले लेखेको पत्रको महत्व बेग्लै हुन्छ । त्यो पनि पत्र ५३ वर्षपछि प्रेमपत्र पाउँदा के होला ? यस्तै घटना अमेरिकामा भएको छ । प्रेमिको हातमा ५३ वर्षपछि प्रेमपत्र परेको छ । प्रेम पत्र लेखेकी ती महिला उनै प्रेमीको पत्नी पनि बनिसकेकी छिन् । तर पत्र भने ५३ वर्ष पछि प्रेमीको हातमा परेको छ ।

आजको प्रविधिको दुनियाँमा संचारका माध्यमहरु धेरै छन् तर त्यस्तो पनि समय थियो आफ्नो मनको कुरा पोख्नलाई एकमात्र साहारा पत्र थियो । धेरै मानिसहरुले आफ्नो प्रेम पत्रकै माध्यमबाट हुने गर्थ्यो । यो कुरा १९५८ को हो ।

वास्तवमा यो पत्र क्लार्क सी मुर नामबाट पठाइएको थियो, ती व्यक्तिले आफ्नो नाम परिर्वतन गरेर मोहम्मद सिद्दीक राखेका थिए । यसै कारण प्रेमीले पत्र समयमा नै पाएनन् । पेनसिलवेनिया विश्वविद्यालयका डाक्टरले पत्र भर्खरैमात्र प्राप्त गरेका हुन् । यस पत्रको जानकारी सिद्दीकका साथीले उनलाई दिएका थिए । सिद्दीकले तुरुन्त पढ्न चाहाना राखे । १९५८ मा मोहर लागेको यस लव लेटरमा ‘लव फारएवर वोनी’ नामको हस्ताक्षर गरिएको थियो ।

हाल सिद्दीकको उमेर ७४ वर्षको छ र उनको सम्बन्ध विच्छेद पनि भइसकेको छ । सिद्दीकले उनकी प्रेमीका र उनीबीच पत्र आदान हुने बताएका छन् । त्यो समयमा उनले बिज्ञान विषयमा अध्ययन गर्दै थिए ।

त्यसपछि उनीहरुबीच विवाह भयो र ४ सन्तानको पनि जन्म भएको थियो । पछि श्रीमतीसँग सम्बन्ध विच्छेद भएको थियो । उनले अहिलेको कम्प्युटर भन्दा धेरै राम्रो पत्रको जमाना भएको पनि प्रतिक्रिया दिएका छन् । आज पनि प्रेमिकासँग अलग भएपनि उनीसँग गरेको रोमान्स ताजा भएको जानकारी दिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्