Logo

वामदेवलाई मुख्यमन्त्री पोख्रेलको बधाई, मन्त्री बन्लान् त ?



काठमाडौं, २७ कार्तिक । सर्वोच्च अदालतले वामदेव गौतमको पक्षमा फैसला दिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरुले नेता गौतमलाई सामाजिक सञ्जालमार्फत बधाई दिईरहेका छन् । स्वयम गौतमले पनि आफूप्रति शुभेच्छा राख्ने सबैप्रति हार्दिक आभारसमेत व्यक्त गरेका थिए ।

उनले आफ्नो नियुक्ति कुनै पद र प्रतिष्ठासँग नरहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेशबुकमार्फत गौतमले लेखेका छन्,”~सबैप्रति आभार~राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु । वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु । वामदेव गौतम उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)”

यता, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि नेता गौतमलाई बधाई दिएका छन् । उनले फेशबुकमार्फत लेखेका छन्,”मन्त्री परिषदले गरेको राजनीतिक निर्णयमा अदालत निरपेक्ष वस्नु नै उचित हुन्थ्यो । ढिलै भएपनि सर्वोच्च अदालतले आफ्नो कमजोरी सच्चाएको छ । राजनीतिक आन्दोलनमा खेलेको विशिष्ट योगदान र हासिल गरेको अनुभव पनि विज्ञता नै हो । यस प्रश्नमा अनावश्यक विवाद सिर्जनागर्न खोजिएको थियो । वधाई छ कमरेड वामदेव गौतमलाई ।”

वामदेव गौतम ओली सरकारमा नजाने

आफ्नो पक्षमा अदालतको फैसला आएपछि धेरैले वामदेव मन्त्री बन्ने चर्चा गरिरहेका छन् । तर, गौतमनिकट नेताहरुले भने उक्त चर्चामा कुनै सत्यता नभएको र गौतम आफ्नो अडानमा यथावत रहेको स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot