Logo

मन्दिरमा जाँदा युवतिको कपाल आफै काटिएपछि…



तमिलनाडुको एक मन्दिरमा दर्शनको लागि जाने युवति र महिलाहरुको कपाल कसैले थाहाँ नपाई काटिन्छ । त्यो मन्दिरमा प्रवेश गर्ने महिलाहरुको कपाल काटिएको हुन्छ । करुर गाउँको मन्दिरको यस रहस्यमय कामबारे कसैले बुझ्न सकेका छैनन् ।

मन्दिरमा प्रवेश गर्न आएका महिलाहरुले सलले वा साडीको टुप्पाले टाउको ढाक्ने गर्छन् । पछिल्लो समयमा एक कलेज विद्यार्थीको कपाल काटिएको हो । शुक्रबार विशेष पुजा हुने यस मन्दिरमा कलेजका छात्राहरु धेरै आउने गर्छन् ।

यो मन्दिरको संचालन पशुपत इश्र्वरार मन्दिर ट्रष्टले गरेको छ । मन्दिरको नजिक एक सरकारी आट्र्स कलेज रहेको छ । गएको शुक्रबार मन्दिरमा एक छात्राको कपाल कसैले काटिदियो तर उनलाई कस्ले र कसरी काटियो भन्ने केही थाहा नै भएन् । साथीहरुले भनेपछि मात्र उनले थाहा पाइन् र प्रहरीलाई खबर गरेकी हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्