Logo

प्रेमिकाको अभिनय गर्दै मालामाल हुँदै महिलाहरु



अमेरिकामा प्रेमिका बनाउने र बन्ने पनि एक प्रकारको पेशा बनेको छ । यो पेशाको कारण महिलाहरुले धेरै कमाई गरेका छन् । प्रेमिका भएको अभिनय गरेर पनि केही पुरुषहरुसँग पार्टीमा जाने गर्छन् । पुरुषहरुसँग बसेर फिल्म हेर्न जाने गर्छन् ।

मानिसहरुको प्रेमिका बनेको अभिनय गरेर पनि महिलाहरुले हरेक महिनामा २० हजार डलर अर्थात १३.५ लाख रुपैयाँसम्म कमाउँछन् । फार्मर एस्कार्ट रिले केअफको अनुसार उनले मानिसहरुसँग फिल्म मात्र हेर्न जाने गर्छिन् । यसको साथै मानिसहरुले उनलाई समय बिताउनको लागि मात्रै पनि हायर गर्छन् । उनले मानिसहरुको लागि शारीरिक इच्छा भन्दा पनि बढी भावानात्मक र साइकोलजिकल सहयोग आवश्यक भएको बताउँछिन् । उनका अनुसार मानिसहरु जतिबेला पनि शारीरिक सम्बन्ध राख्न चाहान्नन् ।

२५ वर्षीया अनुभवी एस्कार्ट जेनाले बताए अनुसार एक पुरुषको साथमा स्टार वार्स ट्रायोलजी हेर्न र यौन सम्बन्ध राखेको बदलामा २५ सय डलर अर्थात १ लाख ६७ हजार रुपैयाँ लिने गरेकी छिन् । अर्की युवति राइटर मासिंयाले मानिससँग बसेर अल्कोहल पिउँदा ५ सय डलर चार्ज लिने बताउँछिन् । २० वर्षीया एलिसाले २४ घन्टासम्म बुक गर्दा आफुले मानिसहरुको साथमा बसेर धेरै प्रकारका क्रियाकलापमा भाग लिएको अनुभव सेयर गरेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्