Logo

व्हेलको उल्टीले भए बाउ छोरा मालामाल



कसैले पनि उल्टी जस्तो फोहोरी चीजले कोही कसरी मालामाल बन्न सक्ला भनेर हामीले सोच्न पनि सक्दैनौ । तर युनाइटेड किंगडमको वेस्टन सुपर फेयरमा गजबको घटना बाहिर आएको छ । जहाँ समुन्द्रमा भएको व्हेलले उल्टी गर्दा बाबु र छोरा रातारात मालामाल बनेका छन् ।

वास्तवमा ६७ वर्षका एलेन डेरिक र ३९ वर्षका उनका छोरा टाम एक दिन समुन्द्रमा बसेका थिए । उनीहरुलाई समुन्द्रको किनारमा बस्ने क्रममा एक स्थानबाट अजीबको गन्ध आयो । यताउता हेरेपछि उनीहरुले एक अजीबको वस्तु देखे । त्यो बस्तुलाई अनुसन्धानको लागि लगेपछि मात्र थाहा भयो त्यो त व्हेलको उल्टीबाट निस्केको चीज एम्बरग्रीस हो ।

एम्बरग्रीस मोम जस्तो एक पद्धार्थ हो जसको प्रयोग परफ्युम बनाउन गरिन्छ । यो धेरै दुर्लभ पद्धार्थ हो । जुन ६ देखि ८ इन्चको हुन्छ । व्हेलले उल्टी गरेको केही समयसम्म समुन्द्रमा नै तैरिन्छ र पछि नुन र सुर्यको किरणमा आएर मोम जस्तो देखिन्छ । यसको जाँचको लागि इटली, न्युजील्यान्ड र फ्रान्समा पठाइएको थियो । यसलाई ६५ हजार डलरमा बेच्ने बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्