Logo

काली देवीलाई पसीना आएपछि…



मध्यप्रदेशको जबलपुरमा काली देवीको एक सयौ वर्षदेखिको पुरानो मन्दिर छ । मन्दिरलाई ऐतिहासिक र चमत्कारीक पनि मानिएको छ । यो मन्दिरमा आँखाकै अगाडी विश्वाससै गर्न नसक्ने दृष्य देख्न सकिन्छ । मन्दिरमा पंखा वा एसी बन्द हुने बित्तिकै काली देवीलाई पसिना आउन थाल्दछ ।

धेरै पहिला देखि नै यस्तो हुन थालेपनि हाल भने एसी बन्द हुने बित्तिकै पसीना आउयने गर्छ । जबलपुरमा लगभग ६ सय वर्ष पहिला कालीको को भव्य प्रतिमा स्थापित गरिएको थियो । त्यतिबेला देखि नै माताको प्रतिमालार्य अलिकति पनि गर्मी सहन नसक्ने बताइएको थियो । मातालाई गाह्रो हुनेहुँदा पुजारीले चिसो हावाको व्यवस्था गर्नुपर्थ्यो ।

समयको बित्दै जाँदा यो मन्दिरमा मातालाई गर्मी नहोस् भनेर एसी फिट गरिएको हो । यसैकारण मन्दिरमा सधै एसी चलिरहन्छ । कहिले काहिँ एसी बन्द हुन पुगेमा काली माताको प्रतिमाबाट पसीना आएको स्पष्ट देखिन्छ । काली मातालार्य पसीना आएको कारण बारे धेरै पटक खोज भएपनि हालसम्म विज्ञानले पनि यसको उत्तर पाउँन सकेको छैन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्