Logo

प्रचण्डका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको छ : शंकर पोख्रेल



काठमाडौं, २९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शंकर पोख्रेलले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगा् पार्टी पँक्तिले गरिरहेको स्पष्ट पारेका छन् । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत पोख्रेलले लेखेका छन्,”कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ । अध्यक्षहरु व्यक्तिगत विचार राख्न स्वतन्त्र छन् । तर औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमती हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख छ । गंभीर विवादका वेलामा यस्ता विषयमा झनै संवेदनशील वन्नु पर्दछ ।”



प्रतिक्रिया दिनुहोस्