Logo

जापानमा युवती भन्दा पुतलीसँग विवाह गर्ने धेरै



जापानमा आजको समयमा पाँच व्यक्ति मध्ये एकजना कुमार बस्ने गर्छन् । यो पछिल्लो पुस्ताको २० प्रतिशत जनसंख्या हो । यसले त्यहाँ जनसंख्यासम्बन्धी निकै समस्या पनि ल्याएको छ ।

जापान एक यस्तो देश भएको छ जहाँ पुरुषहरुले महिलासँग विवाह गर्न भन्दा पुतलीसँग विवाह गर्न धेरैले चाहन्छन् । पुतलीसँग विवाह गर्नुको कारण महिलासँग विवाह गरेर सम्पुर्ण जिम्मेवारी उठाउन नचाहनु हो । यसको साथै पुतलीको उपयोग पनि आफूले चाहेअनुसार गर्न सक्छन् । जापानमा डच वाइफ नामको पुतली धेरै लोकप्रिय भएको छ । यसलाई टोकियोको आरिएन्टल उद्दोगले बनाएको हो ।

पुतली बनाउने कम्पनीले हाइपर रियलिस्टिक भएको दाबी गरेको छ । यो पुतली हेर्दा निकै सुन्दर देखिन्छ । यसको आँखा र छाला मानिसको जस्तै छ । यो जापानमा ४ हजार पाउन्ड अर्थात ३.५ लाख मा बिक्रि भइरहेको छ ।

पछिल्लो २ वर्ष यता पुतलीको मूल्य धेरै बढेको बताइरहेको छ । यस कम्पनीले पुतलीको कपडा बनाएर पनि विक्री गरिरहेको छ । यसको साथै कम्पनीले आफ्ना ग्राहकलाई कस्टमाइज पुतली बनाउने पनि सुविधा दिएको छ, जसमा ग्राहकले आफ्नो इच्छा अनुसारको साइजका पुतली बनाउन सक्नेछन् । कम्पनीले पुतलीको भित्र मुवेबल ज्वाइट्स राखिदिएकाले ग्राहकले आफ्नो इच्छा अनुसार पुतलीलाई राख्न सक्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्