Logo

पिज्जाको लागि किशोरले छाडे आईएसको साथ



पिज्जाको प्रेमी त हामीले धेरै देखेका छौ तर एक पिज्जा प्रेमीले पिज्जाकै लागि आतंककारी संगठन आईएस छाडेका छन् । अमेरिकाका १७ वर्षका इमरान रब्बानीले पिज्जाकै मायामा आईएसलाई छाडेका हुन् ।

पिज्जा प्रेमी रब्बानीले आफ्नो ध्यान भान्छामा र अन्य तिर लागेको बताएका छन् । उनलाई आतंकावाद विरोध जासुसी गरेको आरोपमा दोषी ठहराई २० महिना जेलको सजाय सुनाइएको थियो ।

अदालतमा सुनुवाईको क्रममा उनले आतंककारी संगठनका एक व्यक्तिसँग समय बिताउने क्रममा आनो पहिचान सकिएको महसुस भएको न्यायाधिस समक्ष बताएका थिए । उनले वर्तमान जस्तो भएपनि अतित परिर्वतन गर्न नसकिने पनि बताए ।

रब्बीनले बिगतको कामको सम्पुर्ण जिम्मेवारी लिदै अतितबाट आफुले धेरै सिकेको पनि सुनाए । उनले खास पुराना व्यन्जन र विशेष गरी पिज्जा बनाउने इच्छा भएकोले भविष्यमा पनि अध्ययन जारी राख्ने र रेष्टुरेन्ट खोल्न चाहेको बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्