काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले आजको लागि तय भएको पार्टीको सचिवालय बैठक पड्यन्त्रपूर्वक पर नसार्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेतृ झाँक्रीले यस्तो लेखेकी हुन् ।
उनले यस्तो लेखेकी छिन् :
“नेकपाको यो सकसले निकास पाउनुपर्छ। यो दल सामाजिक संस्था र सामाजिक पूँजी दुबै हो।त्यसैले जनताप्रति जवाफदेही देखिनु पर्ला: “मिल्ने” ब्यक्तिका लेनदेनले मिल्ने होईन मिल्ने बिन्दु पार्टीको बिधि र पद्धति हो। त्यही विधि प्रक्रियामा गएर मिल्नुपर्छ। बैठक, विधि छोडेर अध्यारो कोठाका स्वार्थ समुहसंग गरेको लेनदेनमा खाएको धोका कम्तिमा कमरेड प्रचण्ड, कमरेड बामदेव र कमरेड माधवले नभुलुन। आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस।समस्याको पहिचान गरिएको छ, संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र बैध बिकल्प हो। पार्टी एकता जोखाउने हो भने पार्टीका सदस्यहरूले बैठकबाट भाग्ने होईन बैठकबाट निकास निकाल्न दवाव दिऔं। कार्यकर्ता होईन पार्टीका सदस्य बन्ने प्रयास गरौं।”
FILE PHOTO/ReportersNepal