Logo

बलात्कृत महिलामात्रै बस्ने यो स्थान, पुरुषलाई प्रवेश निषेध



संसारमा धेरै यस्ता गाउँ छन्, जहाँ महिला र पुरुष मिलेर बसेका हुन्छन् । तर दुनियाँमा यस्तो पनि गाउँ छ, जहाँ महिलामात्र बस्छन् पुरुषलाई प्रवेश निषेध गरिएको छ । यो गाउँको एक दुभाग्र्यको कुरा पनि छ, त्यो गाउँमा बलात्कृत भएका महिलाहरु मात्र बस्छन् ।

केन्याको सुभुरु राज्यमा भएको त्यो गाउँको नाम उमोजा हो । जहाँ पुरुषले अत्याचार गरेका महिलाहरु मात्र बस्ने गर्छन् । त्यहाँ बस्ने सबै महिलाहरु घरेलु हिंसा तथा बलात्कारका सिकार भइसकेका छन् ।

१९९० मा ब्रिटिश आर्मीबाट बलात्कारको सिकार भएका महिलाको लागि यो गाउँ बनाइएको थियो । तर, पछि घरेलु हिंसा, बलात्कार, बाल विवाहका सिकार भएका महिलाहरु पनि बस्न थाले ।
यहाँका महिलाहरुको वर्तमान समय पनि कठिन तरिकाले बितिरहेको भएता पनि उनीहरु खुशी छन् । किनकी त्यहाँ पुरुषको अत्याचार सहनु परेको छैन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्