Logo

ओलीले १० दिन समय मागेपछि दाहाल-नेपाल समूह आन्तरिक रणनीति बनाउँदै



काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक यही मंसिर १३ गते बस्नेगरि सम्पन्न भएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दश दिनको समय मागेका थिए । सोहीअनुसार अर्को बैठक मंसिर १३ गते बस्ने भएको छ । यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि अध्यक्ष ओली पक्ष रुष्ट बनेको थियो । दाहालको प्रस्तावमाथि छलफल गर्न नसकिने ओली पक्षको अडान थियो । तर, आजको बैठकमा ओलीले दाहालले लगाएका आरोपको एक एक गरेर जवाफ दिने भन्दै त्यसको लागि दश दिनको समय मागेका थिए ।

आजको बैठकमा ओली उपस्थित् हुनेबारे सुरुमा सचिवालयका सदस्यहरुले नै आशंका गरेका थिए । सचिवालय बैठक बस्ने समयमै ओलीले मन्त्रिपरिषदको बैठक राखेका थिए । तर, पछि मन्त्रिपरिषद बैठक एक घण्टा पर धकेलेर ओली सचिवालय बैठकमा सहभागी भएका थिए । वरिष्ठ नेता झलनाथ खनालले आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आउनु नै ठूलो कुरा भएको बताए । सचिवालय बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक क्रमशः मंसिर १८ गते र मंसिर २५ गतेलाई तय गरेको छ । अब हुने सचिवालय बैठकदेखि केन्द्रीय कमिटी बैठकसम्म पुग्दा ओलीले दुईमध्ये एक पद छोड्नैपर्ने अडानमा दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह छ ।

दाहाल नेपाल समूहका नेताहरुले ओली बैठकबाट भागेको आरोप लगाउँदै आएका थिए । तर, यसपटक भने ओलीले तीन वटै निकायमा आफू छलफल गर्न तयार रहेको प्रतिबद्धता जनाए । ओलीले आफूमाथि लगाईएका आरोपको लिखित रुपमै जवाफ दिनेगरि तयारी थालेका छन् । यसको लागि उनले आफूनिकट नेताहरुसँग आन्तरिक छलफल तथा परामर्शसमेत गरेका छन् । यतिवेला प्रधानमन्त्री ओली पार्टीका सबै कमिटीमा अल्पमतमा छन् । दाहाल नेपाल समूहले पूर्ववर्ती दुईमध्ये एक पद छोड्नुपर्ने माग व्यँताए ओलीको एक पद धरापमा पर्ने विश्लेषण गरिएको छ ।

अबका बैठकमा कसरी अघि बढ्ने ? भन्नेबारे दाहाल नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । बालुवाटारको सचिवालय बैठक सम्पन्न भएलगत्तै दाहाल नेपाल समूहका नेताहरु आगामी रणनीति बनाउन छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot