Logo

श्रीमानलाई प्रेमिकाबाट टाढा बनाउन श्रीमतीको यस्तो उपाय



माया पैसाबाट प्राप्त गर्न सकिदैन यो सबैलाई थाहा छ तर एक महिलाले पैसाले आफ्नो पतिलाई प्रेमिकाबाट टाढा बनाउन सफल भएकी छिन् । चीनको संघाईमा बस्ने ३९ वर्षीया वांगलाई आफ्नो पति कार्यालयकै एक महिलासँग प्रेममा रहेको एकदिन थाहा भयो ।

वांग पतिको प्रेमबारे जानकारी पाएपछि रातभर सुत्न सकेकी थिइनन् । रातभर पतिकै बारेमा सोचेर बसिरहन्थिन् । यस विषयमा पतिसँग उनले कुरा गर्न पाएकी थिइनन् । उनको समस्या हल गर्ने एक कम्पनीको बारेमा उनलाई कसैले जानकारी दियो ।

वांगले पतिको प्रेम सम्बन्ध छुटाउन अनलाइनसँग सहायता लिएर आज पति फिर्ता पाएकी छिन् । यो कम्पनीले कुनै पनि महिला वा पुरुष पैसा, माया वा यौन कार्य मध्ये एकको लागि प्रेम सम्बन्धमा रहेको पत्ता लगाइदिन्छ । कम्पनीले एक महिला काउन्सिलरलाई प्रेमिकासँग साथी बनाइदिन्छ र विस्तारै विस्तारै विवाहित प्रेमीबाट टाढा बनाइदिन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्