टर्कीमा जेल जानबाट बच्न बलात्कारीहरुले पीडित महिलाहरुसँग विवाह गर्ने गरेका छन् । अधिकारीका अनुसार लगभग ३ हजार विवाह आधिकारीक रुपमा दर्ता भएका छन् । टर्कीको कानुन अनुसार एक युवतीलाई अपहरण गरेर तीन जनाले बलात्कार गरेका छन् भने बलात्कारी मध्ये एक जनाले ती युवतीलाई विवाह गरेमा तीनैजना माथि लागेको अपराधको आरोप खारेज हुन्छ ।
यसरी मिलेर बलात्कार गर्ने र एकजनाले विवाह गर्ने भएकाले विवाह दर्ता गर्नेको सख्या निकै बढेको छ । हजारौको सख्यामा यसरी विवाह गर्नेको ताँती लागेको छ । बलात्कारको आरोपमा एक व्यक्ति १६ वर्षसम्म जेल बस्नुपर्छ ।
युवतीहरु आफुलाई बलात्कार गर्ने पुरुषसँग जबरजस्त विवाह गरेर जीवन बिताउनु बाध्य छन् । एजेन्सी