Logo

विवाहको तस्वीर फेसबुकमा राख्दा जेल चलान



कोही व्यक्ति आफ्नो विवाह जस्तो पवित्र कार्यको तस्वीर सार्वजनिक गरेको कारण आज सम्म जेल पुगेको सुनेका छैनौं । तर, यस्तै घटना बेलायतमा भएको छ ।

बेलायतको कानुन अनुसार पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेमा जेल जानुपर्छ । त्यस्तै, ब्रिटेनका एक पुर्व सैनिक साइमन क्रुगिंग्टनले भोग्नु परेको छ ।उनले विवाहको तस्वीर फेसबुकमा अपलोड गरेका थिए, त्यसपछि उनलाई जेलमा थुनियो । ।

साइमनले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेका थिए । फेसबुकमा विवाह गरेको फोटो पहिलो श्रीमती एलिजाबेथले देखिन् र सम्बन्ध विच्छेद नगरीकन दोस्रो विवाह गरेको भन्दै पतिविरुद्ध मुद्दा दिएकी हुन् । विवाहीत हुन् भनी थाहा पाएपछि दोस्रो श्रीमतीले पनि साइमनलाई छाडीदिइन् ।

दुवै पत्नीहरुले छाडेपछि २ बच्चाका पिता साइमन अदालतमा उपस्थित भए । अदालतले पनि उनलाई सजाय स्वरुप ६ महिनाको लागि जेलमा हालिदिएको छ । साइमन र एलिजाबेथको २००६ मा विवाह भएको थियो । राम्रैसँग चलिरहेको घर परिवारको साथमा २००९ मा स्टैफोर्डशायर गए र २०१२ मा वैवाहिक सम्बन्धमा दरार आएपछि साइमनले घर छाडेर गएका थिए । पछि २०१४ मा उनले एलिजाबेथलाई सम्पर्क गरेर सम्बन्ध बिच्छेद गर्न भनेका थिए । तर, एलिजाबेथले अस्विकार गरेकी थिइन् ।

वास्तवमा एलिजाबेथलाई पतिको अर्कैसँग प्रेम सम्बन्ध रहेको जानकारी पाएपछि सम्बन्ध विच्छेद गर्न नचाहेकी हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्