Logo

जिउँदो जनावरको रगत पिउने यी समुदायका मानिस



अफ्रिकामा केही प्रकारका प्रजातिका मानिसहरु बस्ने गर्छन् । यी मध्ये एक हुन्, ‘मसाई ट्राइब्स’ यी मानिसहरु धेरै पहिला देखि नै अफ्रिकामा बस्दै आएका हुन् । यीनीहरु केन्या र तंजानियामा पनि बस्छन् । मानिसहरुले मसाई ट्राइब्सहरुलाई योद्धाको रुपमा बुझ्दै आएका छन् । उनीहरुको इलाकामा उनीहरुको सख्या १० लाख को वरिपरि रहेको छ ।

यी प्रजातिका मानिसहरुको आफ्नै किसीमका नियम हुन्छन् र अपनाउदै आएका हुन्छन् । यी मानिसहरु धेरैजसो रातो रंगको कपडा लगाउँछन्, जसलाई शुका भनिन्छ । यो कपडामा उनीहरुलाई सजिलै पहिचान गर्न सकिन्छ । समुदायको मुखिया सबैले मानेका बृद्ध हुन्छन् । यी मानिसहरुले शवलाई जमीनमा गाड्दा जमीन फोहोर हुने भन्दै शव खुला स्थानमा छाडीदिन्छन् । यी मानिसहरु एकै स्थानमा बस्न सक्दैनन् । पशु चौपायालाई चराउन पनि घास भएको स्थान खोज्दै लैजान्छन् ।

मसाई ट्राइब्सहरुले जिउँदै जनावरको खुन पिउने गर्छन् । यसप्रकार जनावरहरु उनीहरुको जीवनमा धेरै महत्वपुर्ण हुन्छन् । जनावर नै उनीहरुको भोजनको पहिलो हिस्सा हुन् । उनीहरुले जनावरको मासु र दुधको प्रयोग गर्छन् र कुनै विशेष अवसरमा जनावरको रगत पनि पिउँछन् । बिरामी हुँदा, सुत्केरी हुदाँ जस्तो समयमा मानिसहरुले जिउँदै जनावरको खुन पिउने गर्छन् । उनीहरुले खुन पिउँदा कमजोरी हट्ने र इम्युन सिस्टम पनि बलियो हुने बताउँछन् । यसको साथै खुनले आफुमा भएको नशा कम गर्नपनि सक्ने मान्यता राख्छन् । जनावरको भुत्ला सुत्ने बिच्छौना बनाउँछन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्