Logo

काँग्रेस नेता बाबुराजा चित्रकारको पहलमा क्यान्सरको उपचाररत सत्याललाई आर्थिक सहयोग



काठमाडौं, १० मंसिर । क्यान्सर संक्रमित भएर उपचाररत पूर्व विद्यार्थी नेता निरजराज सत्याललाई नेपाली काँग्रेस जनसम्पर्क समिति जर्मनीले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली काँग्रेसका युवा नेता बाबुराजा चित्रकारको पहलमा जर्मनीबाट सत्यालका लागि सहयोग प्रदान भएको हो ।

एक वर्ष देखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत सत्याल त्रिचन्द्र क्याम्पसका पूर्व स्ववियु सदस्य पनि हुन् । उनी तिघ्रामा ट्युमर भई उपचाररत छन् ।

नेपाली काँग्रेस जनसम्पर्क समिति जर्मनीका प्रवक्ता सिजन दाहालले सत्यालका लागि भविष्यमा थप सहयोगको प्रतिवद्धता व्यक्त गरे । उनले भने, हामी भविष्यमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गर्दछौं ।

नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री समेत रहेका बाबुराजा चित्रकारले निरजराज सत्यालको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै थप सहयोगको पहल भइरहेको बताए । उनले सहयोगका लागि नेपाली काँग्रेस जनसम्पर्क समिति जर्मनीलाई धन्यवाद व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्