Logo

जन्मने बित्तिकै यो बच्चा उठेर बसे



भारतको बिहारमा एक यस्तो बच्चा जन्मेको छ, जसलाई देखेर जो पनि हैरान हुने गर्छन् । यो बच्चा नवीन गुनीको श्रीमतीले जन्माएकी हुन् । बच्चा जन्मदा बित्तिकै उठेर बसेको परिवारले बताएका छन् । भ्यागुतो जस्तो देखिने बच्चा भुईमा, कुर्सीमा आनन्दले बस्न सक्छ ।

स्थानियहरुले बच्चालाई भगवानको रुप मनेर पुजा अर्चना गरिरहेका छन् । टाढा टाढाबाट मानिसहरु आएर पुजा गरेका छन् । यसलाई डाक्टरहरुले जेनेटिकली डिर्सअर्डर भनिरहेका छन् । यो रोग १० हजार मानिसहरुमा १ जनालाई यो समस्या हुने गर्छ ।

डाक्टरको अनुसार यस्ता बच्चाको आयु निकै छोटो हुन्छ । यस्ता बच्चालाई इश्र्वरको वरदान मान्नु अन्धविश्वास हो । चमत्कार जस्तो कुनै कुरा नै हुदैँन । बच्चा जन्मनु भन्दा पहिला नै सोनोग्राफी गरेको भएमा यो समस्या पहिले नै पत्ता लाग्ने थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्