Logo

नेकपा सचिवालय बैठक सम्पन्न, अर्को बैठक मंसिर १६ गते १ बजे बस्ने



काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । सचिवालयको अर्को बैठक मंसिर १६ गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । बैठकपछि मिडियाकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आजको सचिवालयको बैठकमा यसअघिको बैठकमा तय भएअनुसार नै अध्यक्ष कमरेड केपी शर्मा ओलीले आफ्नो विचार लिखित रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको विचार, प्रस्ताव वा दस्तावेजलाई पनि अध्ययन गर्न सचिवालयका सदस्य कमरेडहरुलाई सयम दिईएको छ । अध्यक्ष कमरेड ओलीको प्रस्ताव समेतको अध्ययन गरेर त्यस विचमा आवश्यक छलफल र गृहकार्य पनि गरेर फेरि सचिवालयको बैठक १६ गते १ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेगरि तय भएको छ ।’ आजको बैठकमा बोल्ने सबैले पार्टीको अहिलेको समस्या र संकटको समाधान गर्न सही दिशा दिन आवश्यकत्ता औंल्याएको पनि उनले जनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्