Logo

महङ्गो सर्जरी गराउँदा पतिले दिए सम्बन्ध विच्छेद



वैवाहिक सम्बन्ध विश्वासले चलेको हुन्छ । विवाह पछि हरेक जोडीले एक अर्काको सल्लाहमा काम गर्नुपर्छ । साउदी अरबमा एक व्यक्तिले आफ्नी पत्नीसँग एक सामान्य कारणले सम्बन्ध बिच्छेद गरेका छन् । कारण हो सर्जरी । वास्तवमा महिला आफु सुन्दर देखिन चाहन्थिन् । ती जोडी साउदीको राजधानी रियादमा सँगै बस्ने गर्थे । रियादको पश्चिममा एक नयाँ घर खरिद गर्नलाई पैसा जम्मा पारेका थिए । पतिले पत्नीको शरीरको बनावटलाई लिएर प्रायजसो कुरा गरिरहन्थे । उनले तौल घटाउँन सम्झाइराख्थे ।

यसैक्रममा पत्नीले पतिलाई सरप्राइज दिनकै लागि मेकओवर गर्ने निर्णयमा पुगिन् । पत्नीले एक मेडिकलमा परामर्श गरिन् र सर्जरी गर्ने फैसला गरिन् । सर्जरीको लागि ८० हजार अर्थात करिब १४ लाख रुपैयाँ खर्च गरिन् ।

पति सुरुमा त श्रीमतीको नयाँ अवतार देखेर निकै खुशी भए तर पछि खर्चको कुरालो उनलाई झट्का लाग्यो । श्रीमतीले सबै भएका खर्च बताएपछि उनले अनुहारमा हेर्नै छाडे र अन्तमा सम्बन्ध बिच्छेद गर्ने फैसला गरे । एजेन्सी



प्रतिक्रिया दिनुहोस्