केरालामा एक यस्तो मन्दिर छ जहाँ पुजा गर्नकै लागि पुरुषहरु श्रृंगार गर्छन् र महिला बन्छन् । श्रीदेवी मन्दिरमा देवी मा को पुजाको यस्ता परम्परा रहेका छन् । त्यहाँ पुजा गर्नकै लागि देश तथा विदेशबाट मानिसहरु आउने गर्छन् । महिलाहरुलाई मन्दिरमा प्रवेश नदिएको त सुनेकै छौ तर यो मन्दिरमा भने पुरुषहरु महिला बनेर मात्र पुाज गर्न पाउँछन् । पुरुषलाई महिलाको १६ श्रृंगार गरे मात्र मन्दिरमा अनुमति दिइन्छ ।
यो मन्दिरमा हरेक वर्ष २३ र २४ मार्चमा चाम्याविलक्कु उत्सव मनाउने गर्छन् । यस उत्सवमा पुरुष पनि महिला जस्तै भएर साडी लगाएर १६ श्रृंगार गरेर माताको आराधना गर्ने गर्छन् । यो मन्दिरमा देवीको मा को मुर्ति आफै प्रकट भएको भन्ने मान्यता रहदै आएको छ । केरलाको यो मन्दिर एक यस्तो मन्दिर हो जसको गर्भगृहको माथि कलश छैन ।
यो मन्दिरमा पुरुषले महिलाको कपडा लगाएर ढुगांमा फुल चढाएका थिए । फुल चढाएपछि ढुंगााबाट दिव्य शक्ति निक्लेको थियो । त्यही ढुगांमा कसैले नरिवल फोडीरहेका थिए त्यही समयमा पत्थरबाट रगत बगेको थियो । पछि मानिसहरुले त्यहाँ पुजा गर्न थालेको किम्बदन्ती रहेको छ । एजेन्सी