Logo

प्रोफेसरद्वारा रक्सी स्वाट्टै पिउनेलाई अंक दिने प्रस्ताव



शिक्षक विद्यार्थीका गुरु हुन् । उनले दिएको शिक्षाले नै विद्यार्थीको जीवन कायापलट हुन्छ । तर चीनमा एक कलेजका प्रोफेसरले छात्राहरुसँग आश्चर्यको प्रस्ताव राखेका छन् । प्रोफेसरले छात्राहरुलाई स्थानीय रक्सी पिउन प्रस्ताव गरेका थिए । प्रोफेसरले पूरै गिलास स्थानीय रक्सी पिउनेलाई पुरै अंक दिने कुरा गरेका थिए ।

प्रोफेसरले विद्यार्थीको अगाडी भने, ‘जुन विद्यार्थीले एक पुरै गिलास रक्सी पिउँछ त्यसलाई म पुरै अंक दिन्छु ।’ उनले यसको साथै आधा गिलास रक्सी पिउनेलाई १० अंक दिने पनि बताए । एक घुट पिउनेलाई विद्यार्थीलाई ६० अंक दिने जानकारी समेत दिए ।

प्रोफेसरको अनुसार सबै विद्यार्र्थीको अध्ययन सेल्ससँग सम्बन्धित थियो । सेल्सको अध्ययनमा अभ्यास धेरै महत्वपुर्ण हो यसकारण छात्रहरुले पनि अभ्यास गर्नु आवश्यक हुन्छ र यसले भविष्यमा धेरै मद्दत गर्छ ।

तर हाल भने प्रोफेसरलाई कलेजले भने निलम्बन गरिदिएको छ । परीक्षा सुरु हुनु अगाडि विद्यार्थीलाई धेरै भन्दा धेरै पढ्न लगाउँछन् तर उनले भने रक्सी पिउनेको कुरा गरिरहेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्