Logo

१०३ वर्षीया वृद्धाले एक्लै ३८४ बिरुवा लगाइन्



साधारणतया मानिसहरु ६० वर्ष काटेपछि आफूलाई बुढ्यौली लाग्यो भनेर आरामको खोजी गर्छन् । तर भारतको कर्नाटकको रामनगरमा बस्ने एक १०३ वर्षीया वृद्धा सालुमरथा थिमक्काले धेरैभन्दा धेरै बिरुवा रोपेर सबैलाई आश्चर्य चकित पारेकी छिन् । उनको जति प्रशंशा गरेपनि कम हुन्छ । हुलुकल र कुडुरको बीचमा राष्ट्रिय राजमार्गमा ४ किमीको दुरीमा आजसम्म ३८४ रुख का बिरुवा लगाएकी हुन् ।

वास्तवमा जीवनमा एक्लोपन र खालीपनलाई हटाउन उनले रुखका बिरुवा लगाउन सुरु गरेकी हुन् । बिस्तारै उनले ३८४ रुखका विरुवा लगाएर पर्यावरणको हिसाबले पनि फाइदा दिएकी छिन् । उनले गरेको यो कामले धेरै अवार्ड पनि पाइसकेकी छिन् । १९९५ मा नेशनल टीजन्स अवार्ड, इन्दिरा गान्धी अवार्ड जस्ता उत्कृष्ट अवार्ड समेत हासील गरेकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot