Logo

नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर



काठमाडौं, २६ मंसिर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कमानसिह लामाले मृत्युभन्दा अगाडि लेखेको स्टाटसबारे प्रतिक्रिया जनाएका छन् । उनले लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर र मार्मिक भएको लेखेका छन् ।

आज ट्वीट गदैै बाबुरामले नाम उल्लेख नगरी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि नैतिक पतनको आरोप लगाएका छन् । उनले लेखेका छन्ः ‘जतिसुकै तर्क कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शिर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिको निम्ति क्षम्य हुनसक्दैन ।’

कमानसिंहसँग लेनदेन विवाद खुलेपछि इश्वर पोखरेलको नारायणकाजीमाथि कटाक्ष

नारायणकाजीसँग कमानसिंहको लेनदेन विवादको खुलासा (अडियो भिडियो)

कमानसिंहले पत्नीलाई किन लेखेः म मरे मेरो काजक्रियामा सामेल नहुनु !!!(पत्रसहित)

बुधबार राति दिवंगत भएका नेकपा केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमानसिंह लामाले फेसबुक स्टाटस लेख्दै नारायणकाजीमाथि गम्भीर प्रश्न उठाएका थिए । यी दुईबीच लेनदेनको अडियो भिडियो समेत सार्वजनिक भएको छ ।

बाबुरामले लेखेका छन्ः भनिन्छ-मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन।मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्।जतिसुकै तर्क/कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिकानिम्ति क्षम्य हुनसक्दैन।चेतना भया!



प्रतिक्रिया दिनुहोस्