Logo

ओलीविरुद्ध आक्रामक रणनीति बनाउँदै प्रचण्ड, खुमलटारमा भेला



काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा आकस्मिक भेला राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर नियुक्तिको तयारी गरेपछि प्रचण्डले भावी रणनीतिका लागि भेला डाकेका हुन् ।

बैठकमा नेकपा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु बसेका छन् । उनीहरुले ओलीविरुद्ध आक्रामक तयारीका लागि छलफल गरिरहेको बुझिएको छ ।

संवैधानिक परिषदमा बहुमतबाट नै निर्णय गर्न सक्ने गरी ओलीले अध्यादेश ल्याएपछि उनीविरोधी पक्षले पनि त्यस्तै कठोर कदम चाल्ने तयारी गरेको हो । केही बेरमै निर्णय गरेर प्रचण्डसहितको समूह अगाडि बढ्ने तयारीमा रहेको बुझिएको छ । बैठकमा सहभागी एक सचिवालय सदस्यले केही बेरमै निर्णय गरेर अगाडि बढ्ने बताए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्