Logo

यी हुन् ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ९० सांसद (नामसहित)



काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका ९० सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको खुलेको छ । विहान साँढे १० बजे उनीहरुले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वाको प्रस्ताव दर्तामा पहिलो नम्बरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम छ । दोस्रो र तेस्रो नम्बरमा क्रमशः नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नामसहित हस्ताक्षर छ ।

हस्ताक्षरकर्तामा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पनि छन् । उनलाई प्रधानमन्त्री ओलीले उक्त पदबाट राजीनामा दिन दबाब दिएको यसअघि खुलेको थियो । मन्त्रीहरुमा वर्षमान पुनः रामेश्वर राय, शक्तिबहादुर बस्नेत, बिना मगरको पनि हस्ताक्षर छ ।

भीम रावल, गोकर्ण बिष्ट, रामकुमार झाँक्री, लालबाबु पण्डितलगायतको पनि हस्ताक्षर छ । उनीहरुले ओलीलाई सदनको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गरेको उल्लेख गरेका छन् ।

अविश्वासको प्रस्तावको प्रस्तावकहरुको नामावलीको सुची:



प्रतिक्रिया दिनुहोस्