Logo

नेकपा स्थायी कमिटी सदस्य को कता (सुचीसहित)



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी औपचारिक विभाजनको घोषणा नजिक पुगेको छ । दुई अध्यक्ष रहेको नेकपामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा दुई पार्टी बन्ने अवस्था छ । अझैपनि पार्टी औपचारिक रुपमा एक हुँदा कित्ताकाट शुरु भएको छ ।

तटस्थ बसेका नेताहरुलाई पनि उनीहरु निकटस्थले कित्ता काट गर्न दबाब दिएका छन् । विशेषगरी सचिवालयमा रहेका बामदेव गौतम र रामबहादुर थापा बादललाई यो दबाब छ ।

हालै प्रचण्ड पक्षधरले मनोनित गरेका पूर्वसभामुख कृष्णबहादुर महराबाहेक नेकपाभित्र हाल रहेका ४४ स्थायी कमिटी सदस्यमध्ये २६ जना स्पष्ट रुपमा ओलीको विपक्षमा देखिए । उनीहरु ओलीलाई कारबाही गर्न सिफारिश भएको आइतबारको बैठकमा समेत सहभागी भए । तर, १३ जना ओली पक्षधर मानिन्छन् । पाँचजना स्थायी कमिटी सदस्यको कित्ता अझै स्पष्ट भएको छैन ।

बामदेव गौतम पनि आजको बैठकमा अनुपस्थित रहे । त्यसबाहेक प्रचण्डनिकट मानिएका टोपबहादुर रायममाझी र मणि थापा पनि अनुपस्थित रहे । रायमाझीको मन्त्री बन्ने चर्चा चल्दै आएको छ । हरिबोल गजुरेल पनि तटस्थ भूमिकामा छन् ।

ओली पक्षधर स्थायी कमिटी सदस्यहरु
अध्यक्ष केपी शर्मा ओली
सचिवालय सदस्य इश्वर पोखरेल
महासचिव विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
किरण गुरुङ्ग
रघुवीर महासेठ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा

प्रचण्ड र माधव पक्षका स्थायी कमिटी सदस्यहरु
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ नेता झलनाथ खनाल
वरिष्ठ नेता माधवकुमार नेपाल
प्रवक्ता नारायणकाजी श्रेष्ठ
अष्टलक्ष्मी शाक्य
गणेश शाह
गिरिराजमणि पोखरेल
गोकर्ण बिष्ट
घनश्याम भुसाल
चक्रपाणी खनाल
जर्नादन शर्मा
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
वेदुराम भुसाल
भीमप्रसाद आचार्य
भीमबहादुर रावल
मातृकाप्रसाद यादव
मुकुन्द न्यौपाने
रघुजी पन्त
लिलामणि पोखरेल
युवराज ज्ञवाली
योगेशकुमार भट्ट
सुरेन्द्रप्रसाद पाण्डे
शक्तिबहादुर बस्नेत

तटस्थ
बामदेव गौतम
रामबहादुर थापा बादल
टोपबहादुर रायमाझी
मणिचन्द्र थापा
हरिप्रसाद गजुरेल



प्रतिक्रिया दिनुहोस्

Screenshot