Logo

नेकपा महासचिवका लागि पाण्डे, रावल र शर्मा दौडमा, कस्ले मार्ला बाजी ?



काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले महासचिव दिउँसोको बैठकबाट पनि चयन गर्न सकेन । यसअघि सुरेन्द्र प्रसाद पाण्डेलाई महासचिव बनाउने तयारी भएपनि अन्य नेताहरुले पनि दाबी गरेपछि रोक्किएको हो ।

नेकपाका तीन प्रभावशाली नेतामध्ये प्रचण्डले जर्नादन शर्मा, माधवकुमार नेपालले भीम रावल र झलनाथ खनालले सुरेन्द्र पाण्डेलाई महासचिवमा अगाडि सारेका छन् । अब यी तीनमध्येबाट एकजनाको चयन हुने बुझिएका ेछ ।

प्रचण्ड पहिलो वरियताको अध्यक्ष भइसकेकाले महासचिव पनि उनी पक्षले पाउने सम्भावना कमजोर छ । त्यसैले शर्मा महासचिव बन्ने सम्भावना कम छ । माधवकुमार नेपाल अध्यक्ष बनाइएका छन् । उनकै पक्षका रावललाई महासचिव बनाउने पक्षमा प्रचण्ड पनि नभएको बुझिएको छ ।

झलनाथ खनाल वरिष्ठ नेतामै चित्त बुझाएर बसेकाले उनी पक्षधर सुरेन्द्र पाण्डेको सम्भावना बलियो भएको हो । पाण्डे तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा इश्वर पोखरेलसँग झीनो मतले महासचिवमा पराजित भएका थिए । उनी सालिन र कम चर्चामा आएर निरन्तर काम गर्ने नेताका रुपमा चिनिन्छन् । अर्थमन्त्रीका रुपमा पाण्डेले भुमिका निभाएर चर्चा बटुलेका थिए ।

सबैलाई मिलाउन दुईजना महासचिव राख्नेबारे पनि छलफल भएको बुझिएको छ । कुरा नमिले उपाध्यक्षमा मिलाएर एकजना महासचिव बनाउने गरी तयारी समेत गरिएको स्रोतले बतायो ।



प्रतिक्रिया दिनुहोस्