Logo

ओली-प्रचण्डबीच ‘विदेशीको इशारामा चलेको’ अरोप-प्रत्यारोप



काठमाडौं, १८ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि फरक समूहका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आरोप-प्रत्यारोप चलि नै रहेको छ । व्यक्तिगत आलोचना देखि परिवारसम्मलाई मुछेर बोल्न थालेका यी नेताहरुले एक-अर्काको देशभक्तिमाथि नै प्रश्न उठाउन थालेका छन् ।

प्रचण्डले हिजो धनगढी पुगेर ओलीलाई राष्ट्रघाती भनेका छन् । उनले यसअघि ओलीमाथि ‘भारतको इशारामा चलेको’ गम्भीर आरोप सम्म लगाए । २९ पौषमा आफ्नो समूहको काठमाडौं जिल्ला कमिटीको भेलामा बोल्दै प्रचण्डले भनेका थिए,‘उहाँले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गरेको सारा जनताले बुझेका छन् ।’ उनले भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले बालुवाटारमा गरेको भेटमाथि समेत प्रश्न उठाएका थिए । नेकपा विभाजन र प्रतिनिधि सभा विघटनको ओलीको कदम भारतको इशारामा भएको प्रचण्डको आरोप थियो ।

भारतको इशारामा प्रधानमन्त्री ओलीले पार्टी विभाजन र प्रतिनिधिसभा विघटन गरेको प्रचण्डको आरोप

ओलीमाथि प्रचण्डले छिमेकीसँगको सम्बन्धसँग जोडेर गम्भीर विषय उठाएपछि त्यसको प्रत्युत्तरमा कडा अभिव्यक्ति आएको छ । ओलीले प्रचण्डको ‘नाभी विदेशमा गाडिएको’ टिप्पणी गरेका छन् । १७ माघमा चितवनमा सभालाई सम्बोधन गर्दै उनले प्रचण्डको साइनो नै विदेशीसँग रहेको टिप्पणी गरे ।

‘नाभी गएर विदेशमा गाडिएका, नाभी अन्तै जोडिएकाहरुलाई छान्नु हुँदैन,’ प्रचण्ड निर्वाचित भएको चितवनको क्षेत्र नं ३ मा आयोजित सभामा ओलीले भने, कुनै गल्ती नगरी जनता र देशका लागि काम गर्ने । साइनो देशभित्र रहेकालाई छानेर पठाउनुपर्छ ।

ओलीले प्रचण्डबारे भनेः नाभी गएर विदेशमा गाडिएका

प्रचण्डको देश र यहाँको धर्म संस्कृतिप्रति कुनै अपनत्व नभएको सम्मको आरोप ओलीले लगाएका छन् । प्रचण्डले अयोध्यापुरीलाई राम जन्मभूमी भन्न नसकेको बताए ।

ओलीले प्रचण्डको नाभी विदेशमा गाडिएको भन्नु र प्रचण्डले ओलीलाई देशघाती भन्दै भारतको इशारामा चलेको आरोप लगाउनुले आरोप प्रत्यारोप विभिन्न तरिकाले चलिरहेको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot