Logo

प्रचण्ड कहिले दालमोठ चिउरामा त कहिले मासु भुट्दै



काठमाडौं, २२ माघ । लकडाउनको बखत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आगोमा मासु पकाइरहेको तस्बिर बाहिर आयो । कन्तिमा मासु चलाइरहेका प्रचण्डको साथमा छोरी गंगा दाहाल पनि देखिएकी थिइन् ।

आज प्रचण्ड सडकमा धर्नामा पुगेका छन् । पुल्चोकमा धर्नामा पुगेका उनको अगाडि दालमोठ चिउरा छ । छोरी गंगा दाहाल दालमोठ चिउरा खाँदै गरेको देखिन्छिन् । छेवैमा नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषाल पनि छिन् ।

१० वर्ष लामो जनयुद्धमा प्रचण्ड रहस्यमयी पात्र थिए । अहिले उनी खानाका सौखिन मानिन्छन् । प्रचण्डले आज दालमोठ चिउरा अगाडि राखेर धर्नामा बसेको दृश्यमा सबैको चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot